(Tuesday 20 October, 2020)

कोरोना सङ्क्रमित बढिरहेको बेला उडान खोल्न सकिएला ?

२१ श्रावण २०७७, बुधबार

रकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान खुलाउने निर्णय गरेको छ । गएको चैत ९ गतेदेखि बन्द भएका जहाजको नियमित उडान भदौ १ गतदेखि सुरु हुनेछ ।

तर नेपाल सरकारले मात्रै निर्णय गरेर अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्दैन । किनकी अझै विश्वका एक सय १५ देशले विदेशी यात्रुलाई आफ्नो देशमा प्रतिबन्ध लगाएका छन्, ४ वटा देशले पूर्ण रुपमा देश खुला बनाएका छन् भने ८३ वटा देशले सर्तसहित खुला गरेका छन् ।

नेपालबाट उडान हुने १६ वटा देशमध्ये सात वटा देशले त पूरै प्रतिबन्ध लगाएका छन् । अर्कोतर्फ नियमित उडानमार्फत नेपाल आउनेहरु कतिदिन क्वरेण्टीन बस्ने, कस्ता देशमा उडान गर्ने, अनअराइभल भिसा के हुने लगायतका कयौं विषय टुंगिएका छ्रैनन् ।  

यस्तै नेपालमा फेरि कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै जाँदा उडान खुला गर्दा थप जोखिमको डर पनि बढेको छ । सरकारले फेरि लकडाउन लगाउनुपर्छ भनेर विज्ञले सल्लाह  दिएका छन् । 

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *