
दुर्घटनामा परि २जना घाईते
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिकाकाे झुलनिपुर – त्रिवेणी सडक खण्डको श्रीरामपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ५ श्रीरामपुर स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा करिब चार बजेकाे समयमा उत्तर दिशाबाट दक्षिण तिर आउदै गरेको एक भारतीय प्लेट नम्बर युपी ५६ वाई ३८३६ माेटरसाइकल अनियन्त्रित हुदा सो दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएकाे छ । दुर्घटनामा मोटरसाइकल चालक र पछाडि बसेका घाईते भएका हुन् । घाईते दुई जना मध्ये गम्भीर अवस्थामा रहेका मोटरसाईमल पछाडि बसेका प्रतापपुर गाउपालिका वडा न.९ बेलाटारी बस्ने अन्दाजी वर्ष ३७ लक्ष्मण हरीजनलाई टाउकोमा गम्भीर चोट लागेको छ । हरीजनको अवस्था गम्भीर रहेको छ भने अर्को मोटरसाइकल चालकहरू वर्दघाट नगरपालिका वडा न.१३ धनेवा बस्ने अन्दाजी बर्ष २७ का अनिल हरीजन सामान्य घाइते रहेका हुन्न ।उनिहरुलाई सहिद स्मृति सामुदायिक अस्पताल चाैपत्तामा पठाएकाे प्रहरीले जनाएकाे छ।यसै गरि सरावल ६पुसाैलिमा पनि माेटरसाईकल दुर्घटना भएकाे छ ।Up ५७ p ९४४३ नम्बरकाे भारतिय माेटरसाइकल दुर्घटनामा परेकाेहाे।दुर्घटनामा परि प्रतापपुर गा.पा. वडा ७बैरिया बस्ने २३बर्षिय रबिन राजभर गम्भीर घाईते भएकाे भुजहवा प्रहरी चाैकिले जनाएकाे छ ।उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चाैप्तामा पठाएकाे प्रहरी ले जनाएकाे छ।