(Wednesday 20 January, 2021)

पश्चिम नवलपरासी प्रदेश सभा क्षेत्र न.१(क)मा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न, नेकपा परित्याग गरि ५५ जनाले गरे कांग्रेसमा प्रबेश!

२५ पुष २०७७, शनिबार

प्रतिनिधि सभा बिघटन गैर संबैधानिक र अलोकतान्त्रिक कदम भन्दै नेपाली कांग्रेस केन्द्रीय समितीले देश ब्यापी ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा आयोजना गरेको छ। त्यसै परिपत्र अन्तर्गत नवलपरासी पश्चिमको प्रदेश सभा निर्वाचन क्षेत्र न. १(क) मा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समितीको आयोजनामा आज बर्दघाट नगरपालिकाको चैपत्तामा विशाल बिरोध सभा सम्पन्न भएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र न १(क) का क्षेत्रीय सभापती बेद प्रसाद शर्माको सभापतित्व तथा नेपाली कांग्रेसका नेता संविधानसभा सदस्य मा. बिक्रम खनालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बिपी कोइरालाको तस्बीरमा मालयार्पण गर्दै सुरु भएको बिरोध सभामा स्वागत मन्तब्य क्षेत्रीय सह सचिब धुर्व थारुले गर्नु भएको थियो भने ने.बि संघ नि. सभापति दधी पौडेल,सरावल गाउँ पालिका सभापती बिनोद पाण्डे, बर्दघाट नगरपालिका सभापती शम्भु श्रेष्ठ,तरुण दल जिल्ला सभापती सुक बहादुर गुरुङ्ग,नेका नेता क्याप्टेन मान बहादुर थापा, आमन्त्रित जिल्ला सदस्य गृष चौधरी,नेपाल महिला संघ जिल्ला सभापती कमला पराजुली, महासमिती सदस्य अनिल कुमार गौड,जिल्ला सदस्य तपचन्द्र बिश्वकर्मा,महासमिती सदस्य लाल बहादुर गुरुङ्ग,जिल्ला सदस्य विश्व प्रेम पाठक,पुर्व जिल्ला उपसभापती दिपप्रकाश लोहोनी लागायतका नेतृत्व गणले सभालाई सम्बोधन गर्नु भएको थियो।प्रमुख अतिथी तथा संविधानसभा सदस्य बिक्रम खनालले सभालाई सम्बोधन गर्दै संसद विघटन अलोकतान्त्रिक र गैर संबैधानिक कदम भएको कुरामा कांग्रेस प्रष्ट छ,यहि सन्देश गाउँ गाउँ टोल टोलमा पुराउन र कम्युनिस्टको अधिनायकवादी, भ्रष्टाचारी रुपलाई उजागर गर्नका लागि र जनताका प्रतिनिधीले संविधानसभा मार्फत निर्माण गरेको संविधानको रक्षाका लागि कांग्रेस सडकमा आउनु परेको बताउनु भयो, कांग्रेस निर्वाचन चहान्छ तर निर्वाचन संबैधानिक बाटो मार्फत हुनु पर्छ, राजाले पनि ६२ मा निर्वाचन गराएका थिए तर लोकतन्त्रको धाटी निमोठेर विधि र संविधानलाई मिचेर निर्वाचन हुन सम्भब न भएको, राजाको नगर निर्वाचन र के.पी ओलिले घोषणा गरेको बैशाख मा हुने भनिएको निर्वाचनको प्रकृति उस्तै भएको भन्दै नेपाली कांग्रेस संविधानको परिधीमा रहेर हुने निर्वाचनको पक्षमा रहेको तर संविधान रहेन भने निर्वाचन हुनु न हुनु केही फरक नहुने, साथै संविधान नै रहेन भने देशमा उत्पन्न हुन सक्ने अराजकता, दण्डहीनता र अस्थिर्ताले मुलकको अस्मिता र स्वभिमानमा उत्पन्न हुन सक्ने सन्कटलाई उत्पन्न हुन न दिनका लागि पनि संघर्षमा उत्रिएको भन्नू भयो। देशमा के.पी ओलिको अकर्मण्यता र अहंकारले निम्तिएको सन्कटले गर्दा बिदेशी शक्तीको चलखेल बढेकाले पनि लोकतन्त्र प्रेमी राष्ट्रभक्त नेपाली जनता सजक हुनुपर्ने र देशलाई जोगाउन लोकतन्त्र लाई जोगाउन र लोकतान्त्रिक संविधानको रक्षाको लागि जनताले नेपाली कांग्रेसलाई साथ दिने भन्दै कम्युनिस्ट सरकारको ३ बर्षे शासन कालमा जनताको समृद्धि र बिकासका आशालाई तुसारापत गर्दै ओलि सरकार विभिन्न भ्रष्टाचारका काण्डहरुको संरक्षकका रुपमा प्रस्तुत भएको बताउदै द्ण्डहिनता र अराजकताको पराकाष्ठा नाघेर बलात्कार, हत्या हिंसा, अन्याय अत्याचारले नेपाली जनता तराही तराही भएकोले पनी कांग्रेस सडकमा उत्रिनु परेको बताउनु भयो। साथै बिकास निर्माणका प्रसङ्गमा नवलपरासीमा आफू संविधानसभा सदस्य हुदाका बखतमा भएका बोडर टु हाइबे जोड्ने सडक निर्माण, हुलाकी रोड लगायत पुल निर्माण लागायतका धेरै भन्दा धेरै बिकास निर्माणका कार्यमा पहल गर्ने अवसर प्रदान गर्नु भएकोमा बिकास प्रेमी जनतालाई धन्यबाद दिदै यो बिगत ३ बर्षको कम्युनिस्ट सरकारले र यहाबाट निर्वाचित कुन चाहिँ सान्सदले पुर्व सान्सद खनालले भन्दा धेरै बिकास निर्माणमा कार्यहरु यो ३ बर्षमा गरे भन्ने देखाइदिन चुनौती दिदै भोट दिने जनताले यसको लेखाजोखा राख्ने बताउनु भएको थियो।कार्यक्रममा नेपाली कांग्रेस सहकारी बिभागका केन्द्रीय सदस्य चन्द्र ढकाल, नेता नन्दु चौधरी लगायतको उपस्तिथि रहेको थियो। साथै नेकपा परित्याग गरि करिव ५५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका नव आगन्तुक साथीहरुलाई प्रमुख अतिथि नेता खनालले स्वागत गर्नु भएको थियो। सो बिरोध सभाको सन्चालान क्षेत्रीय सचिब दिपक बरालले गर्नु भएको थियो।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *