
प्रधानमन्त्री र राष्ट्रपतिले जनादेशकाे दुरुपयोग गरे : नेता गैरे
प्रधानमन्त्री केपी शर्मा अाेली र राष्ट्रपति विद्या देवी भण्डारीले जनादेशकाे दुरुपयोग गर्दै याे संविधानकाे मर्म प्रति प्रहार गरेकाे नेविसंघ नेता किशाेर गैरेले बताएका छन । लाईफलाईन मिडिया सङ्गकाे कुराकानीमा गैरेले प्रधानमन्त्री केपी ओलीको कदम देश, संविधान र याे व्यवस्थाका निम्ति नै विरुद्ध भएकोले याे मुद्दामा सबै नेपाली जनता डटेर लड्ने उनले बताए । यस्तै संसद विघटन गर्ने सरकारको निर्णय विरूद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपा निकटकै विद्यार्थीले समेत विराेध प्रदर्शन गरिरहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद बैठकबाट संसद विघटन प्रस्ताव राष्ट्रपतिकहाँ पुर्याएका थिए।
राष्ट्रपतिले प्रस्ताव स्वीकृत गर्दै संसद विघटन गरेपछि विरोध तीव्र भइरहेको छ।
प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपतिले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी छिन्।
गैरेले कम्युनिस्टहरुले पटक पटक अवसर पाउँदा समेत गरेर देखाउन नसकेकाे बताए ।यस्तै उनले देशकाे याे अस्थिरता अन्तयका निम्ति अब नेपाली काङ्ग्रेसकाे काधमा जिम्मेवारी अाएकाले नेपाली काङ्ग्रेसले विगतमा जस्तै लाेकतन्त्रकाे रक्षा गर्दै अस्थिरता बाट मुक्त गराउने बताए ।