(Wednesday 20 January, 2021)

बर्दघाट नगरपालिकामा किसानहरुका लागि प्याजको विउ वितरण

१७ मंसिर २०७७, बुधबार

दौतरी,पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरलाई प्याजमा आत्मनिर्भर बनाउनका  लागि किसानहरुका लागि प्याजको विउ वितरण गरेको छ । नगरपालिकाले झण्डै १८ विगाहामा खेतीगर्न पुग्ने गरी  प्याजको विउ उपलब्ध गराईएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभएको छ । 

विउ वितरणका लागि नगरपालिका परिसरमै आयोजना गरिएको कार्यक्रममा बोल्दै बस्यालले नगरपालिकाले उपलब्ध गराएको विउ राम्रो संग सदुपयोग गरेमा त्यसबाट हुने उत्पादनले नगर प्याजमा आत्मनिर्भर हुने बताउनुभएको थियो ।  अहिले सम्म नगरपालिका दुध र अण्डामा आत्मनिर्भर भैसकेको र अन्नबालीमा मकै, गहुँ, धान मा झण्डै झण्डै आत्मनिर्भरको चरणमा रहेको र अन्य उत्पादनमा भने अहिले पनि नगरपालिका बाहिरको उत्पादनमा भर पर्नुपर्ने अवस्थामा रहेको बस्यालले बताउनुभयो । 
नगरपालिकाले कृर्षिलाई प्रवद्र्धन गर्नका लागि प्राथमिकताका साथ योजनाहरु ऋगाडि बढा

एको पनि नगर प्रमुख बस्यालको भनाई रहेको थियो । बर्दघाट नगरपालिकाले कृषि गर्नेहरुका लागि भुमिकर मिनाहा गरेर नेपालमै पहिलोपटक नमुना कार्य गरेको बस्यालले उल्लेख गर्नुभयो । किसानहरुलाई विशेषगरी नगरपालिकाबाट जारी हुने सुचनाहरुको विशेष जानकारी लिन र कृषि सम्बन्धी हरेक कार्यक्रमबाट लाभ लिनका लागि सम्बन्धीत वडा कार्यालयबाट जानकारी लिनका लागि पनि बस्यालले आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेलले बर्दघाट नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउनका लागि कृषकहरु उत्साहि भएर कृषि कर्ममा तल्लिन हुनुपर्ने बताउनुभएको थियो । पौडेलले नगरपालिकाले वितरणगरेको विउलाई सहि रुपमा उपयोग गर्दै ब्यबसायीक उत्पादनमा जोड दिनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । 

बर्दघाट नगरपालिकाले यस अघि धानको विउ, गहँको विउ, मकैको विउ, च्याउको विउ, आलुको विउ, विभिन्न तरकारीका विउविजनमा कुनैमा अनुदान त कुनै वितरण गर्दै आईरहेको छ । कतिपय किसानहरुले भने माग अनुसारको विउ नपाउने, कृषिजन्य उत्पादनका लागि बजारीकरणको समस्या रहेको गुनासो गरेका थिए । कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यको अध्यक्षतामा भएको थियो । नगरपालिकाले प्रति पोका २० ग्रामका दरले ३४ सय पोका प्याजको विऊ वितरण गरिएको हो । 

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *