(Tuesday 20 October, 2020)

लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा ,

३० श्रावण २०७७, शुक्रबार

आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । राति भएको खेलमा एट्लेटिको मड्रिडलाई २-१ ले हराउँदै लाइप्जिग अन्तिम चारमा पुगेको हो ।लाइप्जिगका ड्यानियल ओल्मो र टेलर अदाम्स्ले एक/एक गोल गरे । एट्लेटिको मड्रिडका जोआओ फेलिक्सले खेलको ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । एट्लेटिकोका फेलिक्सले खेल बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा अदाम्स्ले गोल गर्दै लाइप्जिगलाई जित दिलाएका हुन् । अब लाइप्जिगले पहिलो सेमिफाइनलमा भदौ २ गते पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ । पीएसजीले हिजो एटलान्टालाई २-१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।


प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *