
वार्ड अध्यक्ष डुम्रे भन्छन वार्ड मा कोही खाद्यान्य अभाव ले भोकै बस्नु पर्दैन।
नवलपरासी
सुनवल नगरपालिका वार्ड नं ११ का वार्ड अध्यक्ष देवीलाल डुम्रेले लकडाउन का कारण दैनिक ज्याला मजदुरी गर्ने वार्ड बासी कोही पनि खाद्यान्य अभावका कारण भोकै बस्न नपर्ने र खाद्यान्न अभाव भयमा सम्पर्क गर्न आग्रह गरेका छन्। उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण समस्यामा परेका हरुलाई २ चरणमा २०३ घरधुरी लाई राहत वितरण गरेको र थप राहत वितरण गर्ने कुरा जानकारी दिए। साथै कृषि मा पर्न सक्ने असर लाई निउनिकरण गर्न का निम्ति कृषक हरु लाई बीउ विजन र मल को व्यवस्था माग अनुरूप घरमै पुर्याउने व्यवस्था गरिएको जानकारी गराए । कोरोना संक्रमण बढे सँगै यसको रोकथाम का लागि लकडाउन लाई प्रभावकारी बनाउन वार्ड भित्र प्रहरी प्रशासन को सहयोग लिएको र भारत नेपाल बोर्डर मा अलपत्र परेका वार्ड का नागरिक हरु लाई नगरपालिकाको समन्वयमा वार्ड मा ल्याएर कोरेन्टाइन मा राख्ने व्यवस्था गरिएको जानकारी दिए ,साथै भारत बाट लुकी छिपी कोई वार्ड भित्र प्रवेश नगरुन् भनी उच्च सतर्कता अपनाइएको र अलपत्र परेका वार्ड का नागरिक हरुको तथ्याङ्क सङ्कलन भइसकेको र उनीहरू लाई सुरक्षित रूप मा लिएर आउने तयारी गरिएको बताए। जर्गाह को वाकवनी विद्यालय मा बनाइएको कोरेन्टाइन पर्याप्त नहुने भए पछि वार्ड नं ११ मिश्रौलि मा रहेको श्री सार्वजनिक आधारभूत विद्यालय लाई पनी कोरेन्टाइन बनाउने तयारी रहेको बताए।