(Wednesday 20 January, 2021)

संसद विघटन ,ओलीकाे दिमागी कमजाेरीकाे असर : दधि पाैडेल

५ पुष २०७७, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । यस्तै सत्तारुढ दल नेकपाकै विद्यार्थी संगठनबाट पाेखरामा प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पुत्ला समेत दहन गरीएकाे छ । नवलपुरमा नेपाल विद्यार्थी संघले समेत विराेध कार्यक्रम गरेकाे थियाे । यस्तै नेपाल विद्यार्थी संघ नवलपरासीका निवर्तमान अध्यक्ष दधि पाैडेलले संसद विघटनमा हुनुमा प्रधानमन्त्रीकाे मानसीक स्वास्थ्य कमजाेरीकाे उपज भएको अाराेप लगाएका छन । लाईफलाईन मिडिया सङ्ग छाेटाे कुराकानी गर्दै पाैडेलले केपी ओलीले योजनाबद्द रूपमा संसद विघटन गरेकाे बताएका छन। अाेलीले ५ बर्षको लागि जनताले दिएको जनादेशको उपेक्षा गरि किन संसद विघटन गरेको र देशलाई अस्थिरता उन्मुख बनाएकाे बताए । संक्षिप्त कुराकानीमा पाैडेलले केपी ओलीबाट व्यवस्था माथि नै खतरा भएको बताएका थिए।प्रधानमन्त्रीको अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख सिफारिश विरुद्ध र राष्ट्रपतिको असम्वैधानिक कदम विरुद्घ नेपाल बिद्यार्थी संघ नवलपरासी पश्चिमले कडा आन्दोलन गर्ने जनाए ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *