(Tuesday 20 October, 2020)

सरकारका कदम विरुद्ध नेविसंघ आयाे साङ्केतिक प्रदर्शनमा

१२ बैशाख २०७७, शुक्रबार

मनिष कुमार अधिकारी

सरकारले केही दिन अगाडि जारी गरेका अध्यादेशहरू संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुबै असंबैधानिक, अराजनीतिक, असंवेदनशिल तथा सनक र सत्ता राजनीतिकाे अत्यन्तै घृणित खेल भएकाे भन्दै नेविसंघले आन्दाेलन सुरू गरेकाे छ । नेविसंघ केन्द्रीय कार्य समितिकाे पत्र बमोजिम नेविसंघ पश्चिम नवलपरासीले समेत शुक्रबार बिहान बर्दघाट चाेकमा सरकारका गतिविधि विरुद्ध प्लेकार्ड बाेकि साङ्केतिक प्रदर्शन गरेकाे नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पाैडेलले जानकारी गराउनु भयाे । यस्तै कार्यक्रमकाे विषयमा विश्वभरि नै फैलिएको काेराेना भाईरसका कारण सामाजिक दुरि कायम गर्दै सरकारका कदमकाे आलाेचन्तामक रुपमा नेविसंघले खण्डन गरेकाे कुरा नेविसंघ पश्चिम नवलपरासीका नेता किशाेर गैरेले बताउनु भयाे ।

विश्वका सबै राष्ट महामारी विरुद्ध एकबद्व भएर लडिरहदा वर्तमान कम्युनिस्ट सरकार भने राजनितिक खिचातानीमै व्यस्त हुनाले नागरीककाे स्वास्थ्यकाे विषय माथी गम्भीर लापरबाही भएको अब तुरुन्त सच्चिन नेता गैरेले चेतावनी दिनुभयाे ।

साङ्केतिक विराेध प्रदर्शन कार्यक्रममा नेविसंघ नवलपरासी पश्चिमका जिल्ला सदस्यहरु चेतनारायण भण्डारी , मिलन भण्डारी लगाएत नेविसंघ नेताहरु,सन्दिप कंडेल, सुलभ खनाल , समीर खत्रिकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *