
सिमा अतिक्रमण
हुमा देबकोटा
आज आएर जिन्दगीमा पहिलो पटक आफैले राखेको भोटको पश्चताप यसरि लाग्दैछ कि, त्यो दिन मैले सोस्तिक चिन्न भएको तातो फलाम लगि नेपाल आमाको पिठमा निल्डाम बस्ने गरि छापेर आएँ र आज तीनै आमा घाउको पिरले डाँकोछोडी रुन नसकी पिल्सिदै छिन।के बिराएँ र आमा मैले? 2074 सालमा राजनीतिको बारे केहिपनि नजानेकि, पुग-नपुग 18 वर्षकी मैले त्यो मतपत्रमा रहेका त्यतिधेरै चिन्हहरुमा नेत्रित्व गर्ने हरुको नियत नियाल्न सकिन र अझै पनि मैले त्यतिबेला गर्नु पर्ने सहि ठम्याउन सकेकी छैन आमा। किनभने आजको परिभेसले बताउदै छ कि ,तिम्रो त्यो शिरमा झल्केको चन्द्र र सुर्यरुपि शिरफुलको चमक् बढाउन र काँधको रातो सारीको सप्कोलाई स्वच्छ हावामा फरफराउने स्वतन्त्रता दिलाउन सक्ने सामर्थ्य सङ्गको नेत्रित्व बोकेको चिन्ह त त्यस मतपत्रमा उल्लेखित नै रहेनछन्।
सायद सारै रुखो रहेछ आमा तिम्रो कोख हेर त कति निष्ठुरी र पत्थरको मन भएका सन्तान जन्मिएछन्। तिमिले जेठाबाठा सन्तान सम्झी तालासाँचो सुम्पिएका हरुले नै, तिम्ले साना लालाबाला हुर्काउन भनि मेलापात गरी पटुकीमा कसेको सानो थैलीमा गिद्धे नजर लगाउँदै तिम्ले आखाँ चिम्लिने प्रतिक्षा गर्दैछन्। र आज हामीलाई त्यै तालासाँचो लगाई झुपडी भित्र थुनी आफूहरु भने आँगनमा छिमेकीको तालिको तालमा कुर्सीको वरिपरि नाच्दै छन् ।
आमा यिनले तिमीलाई साहारा दिनु र सुरक्षा गर्नु त काहाँ हो काहाँ तिम्रो शरिर को प्रत्येक अङ्गको टुक्रालाई तराजुमा तौलीएर मोलको अन्दाज लगाउँदै छन्। कलियुग हो भन्छन् आमा यो
- हत्या, हिंसा ,बलात्कार विरुद्धका नियमहरु कापिका पानाको अक्षरमा मात्रै सिमित छन्, माथिको आदेश आयो भने इरेजर वा टिपेक्सले मेटिन्छन् ,अनि युवती र बालिका का नग्न लास खोल्सा र झाडीमा भेटिन्छन्।
-दुःखी र गरिब जनताको पेटमा लात मार्नेहरुको त्यो कालो मनलाई गोरो छाला र सुकिला कोटप्यान्टले छोपी नेपालीपन देखाउन शिरमा ढाका टोपी ढल्किन्छन् , र त्यही गरिब जनताको उद्धार गर्न हात लम्काउनेहरुको हातमा हत्कडी टल्किन्छन्।।
तिम्रो त्यो पाउको पवित्र जलको सदुपयोग गर्न जानेन् आमा यिनले तर पनि नरुनु है तिमी, छिमेकीले तिम्रो आँसुका धाराबाट पनि बिजुली निकाल्नेछ ।।
एकातिर विश्वब्यापीरुपमा महामारी फैलिदै गर्दा, नेत्रित्व गर्नेहरुको मन झनझन मैलिदै छ भने अर्कोतिर दशगजामा जङ्गेपिल्लर सर्किदै गर्दा माथिल्लो पदमा रहेकाले आफ्नो आँखा बन्द गरेझैं गरि देखिन भन्दै तर्किदै छन्।।।
आमा तिम्रो त्यो हरियो पहाड र पहराबाट कलकल बगेको दुधको धारा घटघट पिएर , तिम्रै छातिमा खेलेर अनि जन्मेदेखि रामायण,महाभारत ,गिता र पुराणका श्लोक सुनेर हुर्केका सन्तानले त आमा प्रतिको धर्म र कर्तव्य बिर्से भने पराईले तिम्लाई गलत नजरले हेर्नु र तिमीमा हक जमाउन खोज्नु कुन ठुलो कुरा भयो र ।तिम्रो सुन्दरता देखि लोभिएको छिमेकीले आफ्नै सन्तानबाट हेला भएकी कमजोर देखेर दिन प्रतिदिन घच्घचाउंदै र निमोठ्दैछ आमा तिमीलाई र डरैडरले खुम्चिदै र दुब्लाउँदै छेउ तिमी झनझन। बिगतका दिनमा 204917 ब. कि. मि मा फैलिएकी तिमी आज मात्र 147181 ब.कि.मि मा सिमित छेउ र अझैपनि मन भरिएको छैन आमा त्यो छिमेकीको । कहिले तिम्ले जन्माएका सिद्धार्थ गौतम (गौतम बुद्ध) मेरो हो भन्छ त कहिले लिपुलेक, लिम्पियाधुरा ,कालापानी र सुस्ता।।।
एक चोटि गर्जिदेउन आमा बेसरी ताकि थर्किउन र तर्सिउन ति सत्तामा रहेका ठूलाबडा भनाउँदा हरु र जागुन तिम्रो रक्षा गर्नकालागि ।जन्माइदेउन आमा फेरिपनि जन्माइदेउन आमा अम्बर सिंह थापा, भक्ति थापा, र बलभद्र कुँवरलाई , अझै एक चोटि खुकुरी नचाउनु पर्छ तिमीलाई जोगाउन। गोला बारुद बर्षाउन त देशले कहाँ त्यति फड्को मारेको छ र आमा, आज सम्म त केबल माथिल्लो अहोदामा रहेका हरुको सम्पत्तिको थुप्रोमा मानो माथि मुठ्ठी चुल्याउँदै ठिक्क छ।।।
सबै एकजुट भई जोगाउ नेपाल आमालाई र यसरी तर्साउ त्यो देखावटी आफ्नोपन देखाइ स्वार्थ पूरा गर्न खोज्ने छिमेकीलाई कि अब देखी नजर झुकाएर अनि शिर नुगाएर नमन गरोस हाम्री नेपाल आमालाई।।।।
मेरो यो लेख कुनै पार्टीको पक्षमा वा बिरोधमा होइन, बस् सबैको ध्यान सिमा सुरक्षामा केन्द्रित होस् भन्ने धारणाका साथ लेखिएको हो।। सरकार एक्लैले सामना गर्न सम्भव छैन यो चुनौती। यसकोलागि सबै नेपाली एक ढिक्का भएर अघि बढ्नु आवश्यक छ। त्यसैले सरकारसंग एक अनुरोध
सकिन्छ भने यो महामारीको भयावह अवस्थामा सुरक्षा अपनाइ सबै जनताको साथ र समर्थनमा चेतावनी दिइयोस् छिमेकी मुलुकलाई। होइन भने बिन्ती बर्दिधारी विवस नेपालीको प्रयोग गरी आफ्नै मात्रिभुमीको न्यायकालागि उत्रिएका दाजुभाइलाई दमन् नगरियोस्।।।
One thought on “सिमा अतिक्रमण”
You are the best sis, really heart touching and nice article sis, keep it up 👍